Tuesday 13th October 2026

कुवेतमा अगष्ट ३० बाट कर्फू हटाइदै,३१ देशबाट सिधा आउन प्रतिबन्ध कायमै


हरि कृष्ण न्यौपाने-कुवेतले आफ्नो इतिहासमै तेस्रो पटक कोरोना नियन्त्रणका लागि लगाएको कर्फ्यू करिब ५ महिना पछि आगामी अगष्ट ३० तारिक आइतबार,बिहान ३ बजेबाट हटाउने भएको छ।तर नेपाल लगाएत ३१ वटा देशका नागरिकहरुलाई उक्त देशहरुबाट सिधा उडान मार्फत आउन लगाएको प्रतिबन्ध भने कायमै राखेको छ।

उक्त ३१ देशबाट सिधा उडान मार्फत आउन बन्देज लगाएका नागरिकहरुले बन्देज नलगाईएको देशमा १४ दिन बसेर कोरोना नभएको स्वास्थ्य रिपोर्ट सहित कुवेत आउन भने पाउने छन।यसै बिच कुवेतको स्वास्थ्य निकायले उक्त ३१ देशहरुमा कोरोना नियन्त्रणको स्थितिलाई हेरेर हरेक १०-१० दिनमा लगाइएको प्रतिबन्ध माथी हेरफेर गर्न सक्ने बताइएको छ।

कुवेत सरकारको हिजो अगष्ट २० तारिक बिहिबार बसेको बैंठकको निर्णयलाई आइमानमातले लेखेको छ कुवेतमा कोरोना महामारीबाट सामान्य जनजीवन बनाउने पाँचौ चरणको योजना अनुसार कर्फू हटाइन लागिएको हो।

तर कुवेतमा ठूलो जमघटका साथ बिबाह गर्न, होटलमा ब्यान्केट सेवा प्रदान गर्न र ठूलो जमघटका साथ अन्त्येष्टि समारोह गर्न अझै बन्देज गरिने भएको छ।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...