Monday 23rd March 2026

श्रध्दाञ्जली – छन्दः सवाई -हरि शर्मा (सुबेदी)


छन्द: सवाई (बर्षा याम एक दिन ठूलो पानी पर्‍यो जस्तै)
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
काल कति बलबान छाड्ने हैन कोही।
शोकाकुल भयौँ हामी मर्माहत भई।
मृतात्माले स्वर्गपुरी बसोबास गरोस्।
मेरो प्यारो कविलाई सोझो बाटो परोस्।१।

देशको लागि धेरै गर्‍यौ राष्ट्रकवि बनी।
नेपालको गरिमाको अति उत्थान गरी ।
गयौ तिमी दुनियाँ नै शोकाकुल पारी।
दुनियाँमा कसलाई पो खै मिल्यो अजम्बरी।२।

शीत थोपा पातमाथि परी खसे जस्तो।
उत्ति खेरै सुकी हाल्ने हाम्रो जुनी यस्तो।
नाम मात्र जगतमा दीर्घकाल टिक्ने।
यही कुरा सबैजना बुझी लिनु पर्ने ।३।

कुनै बेला ताली पायौ कुनै बेला गाली।
सबै मिली दियौँ हामी आज श्रध्दाञ्जली।
धन पछि दुनियाँ छ को गर्ला खै मान।
हामी पनि तिम्रै साथ लागेका छौँ जान ।३।

-हरि शर्मा(गलकोटे कवि)
हटिया गलकोट बागलुङ नेपाल
हाल: मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...