Tuesday 5th May 2026

सांस्कृतिक पर्व तिजलाइ विकृत नबनाऔं


सीता जैशी – परापुर्ब काल देखि मनाउदै आएको नारीहरुको महान पर्व हरितालिका तिज वर्षमा एक दिन मनाउने गरिन्छ । यो पर्वलाइ राष्ट्रिय पर्वको रूपमा हेरिन्छ ।
शास्त्रहरूका अनुसार हिमालय कि पुत्री पार्बतीले भगवान शिव महादेवको लागि पुजा आराधना गर्दै तपस्या गर्दै व्रत बस्नु भयो । असल कुशल योग्य गुणवानले भरिपुर्ण पति पाउ भनी व्रत बसि पार्बतीले शिव पाएको भनाइ अनुसार हिन्दु धर्मावलम्बी नारीहरुले व्रत बस्ने चलन रहेकोे छ । बिबाहित नारीले परिवारको सुख-शान्ति, समृद्धि र पतिको लामो आयुको कामना गर्दै व्रत बस्ने चलन छ । अविवाहित नारीले कुशल, असल, सफल, योग्य शिव जी जस्तो पति पाउँ भनेर व्रत बस्ने गरेको भनाइ छ ।

तिज नारीहरुको सबैभन्दा ठूलो पर्व हो । पहिले पहिले तिजमा वर्ष भरीका आफ्ना दुःख-सुख र वेदना पोख्ने, आफन्त साथी भाइ सँग बिसाउने, माइतीले छोरी चेली लिन जाने बोलाउने माइतीको आगनमा आएर आफ्ना मनका पिडा भावना दुख सुख बाड्ने, मिठो मसिनो खाएर वर्ष भरिएको वेदना गित बाटै पोख्थे । समय परिबर्तन भए संगै अहिले तिजमा केही परिमार्जन भएको छ । समय अनुसार परिबर्तन अवस्य आउँछ नै तर अहिलेको तिजमा धेरै विकृति आएको देखिन्छ । मान्छेको सोचाइ फेरिएका छन् समय अनुसार परिवर्तन जरुरी पनि छ । परिबर्तनको नाममा हामीले हाम्रो संस्कृति नै भुल्नु भएन । नेपाली पहिरन नेपाली पहिचान रितिरिवाज अथात चालचलन र संस्कृतिको मात्रै होइन सम्पदा बनेको महान पर्व तिजको जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो ।

समय फेरिएको छ हामी र हाम्रो समाज पनि फेरिएको छ । संस्कृतिलाई बचाइ राख्नु पर्छ तर अहिलेको तिज यस्तो हुँदै छ कि एक महिना अघि नै विभिन्न पार्टी प्यालेन्समा दर खाने प्रचलन बढ्दोछ । दरको नाममा मदिरा खाएर मनाउने गरेका छन् । यसरी दरको नाममा मदिराको चुस्कीबाट सुरु गरेको मध्यापानले हाम्रा छोरी चेलीको भविष्य कस्तो होला? पर्वलाई विकृति तिर धकेल्ने होइन संस्कृती बचाउने तिर लागौ । तिज पर्वलाई विकृती, देखासिकी होइन समय सापेक्ष सामाजिक काम गरेर पर्व मनाऔं । केही पुन्य काम गरेर धर्म कमाऔं वृद्धाश्रम, बाल आश्रममा केही सहयोग गरेर अपाङ्ग, असाय अनाथका लागि वाइन नखाइ बियर नखाइ थोरै थोरै गरि केही सहयोग गरि पुन्य कमाउन तिर लागौ । सामाजिक काम गरेर तिज पर्व मनाउन तिर लागौ ।

तिज आम नारीहरुको महान पर्व हो । तिज सबैको लागि हो तिजले न जात भात भन्छ न जाती न धर्म न वर्ण नभनेर इच्छा हुने व्रत बस्छन् । तिजमा असमानता हुँदैन भेदभाव हुँदैन । तिज यस्तो पर्व हो जसले सबैलाई एकताको सुत्रमा बाँध्ने गरेको छ । यो नै यसको विशेषता हो । फेरिएको समाजमा यसलाई टिकाइ राख्न तडक भडक नगरेर तिजलाई भड्किलो नबनाएर सरल सजिलो सामान्य तरिकाले संस्कृतिलाइ निरन्तरता दिन साधारण खाना खाएर साधारण कपडा लगाएर पनि मनाउन सकिन्छ । आफू संग जेछ तेसैमा रमाऔं, जस्तो छ त्यसमै खुशी भएर मनाउन सिकौ । धनी गरिब बिच फरक नदेखाइ सम्मान ढ्ङ्गले तिज मनाउदा राम्रो हुन्छ ।

तिज पर्व मनाउ तर भड्किलो नबनाऔं । तिज पर्वलाई मदिरा निषेध गर्दा केही फरक पर्छ र? किन मदिरा रहित तिज नमनाउने? मदिरालाई कन्ट्रोल गरेर साधरण पहिरन, साधारण खाना खाएर यसैलाई निरन्तरता दिदै जाउँ दर कसैको लागि डर नबनोस । तिजमा दरलाई दारुको पर्व नमनाऔं आम नेपाली दिदीबहिनीहरुमा आपसी सद्भाव कायम रहोस हरितालिका तिजको सुभकामना ।

कैलाली , लम्की चुहा


सम्बन्धित शीर्षकहरु

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

प्रतिकृयाहरू
...