Monday 23rd March 2026

पाण्डवखानी – लोक छन्द (झ्याउरे) -हरि शर्मा (सुबेदी)


स्वर्गको टुक्रा चटक्क चुँडी कसले खसाल्यो।
बागलुङको पश्चिम मध्य भागमा बसाल्यो।
गलकोटको दिएर नाम घुम्टेको काखमा।
अड्याई दियो बालक सरी आमाको काखमा ।१।

जन्मेको ठाउँ आमाको काख चौपट्टै खपुवा।
जन्मना साथ जोडेको नाता जीवन्त टिकुवा।
निलुवा शीर भएको गाउँ भनिन्छ चमुवा।
घुम्टेको काख पाण्डवखानी त्यसैमा रमुवा ।२।

गल्कोटे पाखा सालेजो भाका गीतको गुञ्जन।
घुम्टेको नाच गाजाको साथ सिध्दाको पुजन।
यहाँका मान्छे कलाका धनी अत्यन्तै सज्जन।
साहित्य प्रति झुकेको मान्छे हुँदैन दुर्जन ।३।

दर्जन चार गायकहरु गल्कोटले जन्मायो।
सुनौलो लोक गीतमा नाम यसैले कमायो।
गलकोटेको समाज नामी स्वदेश बिदेश।
सपूतहरु जन्मायो गल्कोट आफैमा धन्य छ।४।

पाण्डवखानी अर्गल तारा अमरभूमीको।
साथमा हिल हरिचौर नि त्यसैमा जुटेको।
हटिया मल्म काँडेबास र रिघाको साथमा।
दुदिलाभाटी नरेठाँटी यी सबैको संगम।५।

गलकोटको एउटा क्षेत्र पाण्डवखानी हो ।
मादलु ताल डम्फुको चाल सालेजो सुनेको ।
तालामा ताल मिलाईकन कविता लेखेको।
नुवाकोट हो गलकोटको जहाँ म जन्मेको ।६।

हरि शर्मा(सुबेदी)
गलकोट- बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...