Sunday 16th November 2025

दैबको लीला – छन्द: सवाई -हरि शर्मा (सुबेदी)


संसारमा भएको के अचम्म लाएको ।
बिज्ञानको चमत्कार खै कता गएको ।
तुच्छ जीव शेखी ठूलो संसारै हल्लायो।
औषधीमुलो छुँदैन खै उत्पात मच्चायो।१।

उत्पात नै बिधी नीति खै कबै रोकिन्न।
दैब लीला कसै गरी टार्न नै सकिन्न।
कोरोनाले जिस्क्यायो र खिज्यायो बेसरी ।
ओखतीमुलो छुँदैन खै हट्ने हो कसरी ।२।

धेरै भन्छन् छैन ईश बिज्ञान सर्बस्व ।
देख्यौ आज भन्छु म त उठेकाले झोक ।
ओखतीको पत्तो छैन जोगिनु उपचार ।
यही कुरा बुझौं हामी सबै बराबर ।३।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

प्रतिकृयाहरू
...