Sunday 22nd February 2026

विध्वंस – मन्दाक्रान्ता छन्द -हरि शर्मा (सुबेदी)


बिध्वंस
छन्द: मन्दाक्रान्ता
वर्ण-१७
लक्षण- म भ न त त गण, गु गु (दुई गुरुवर्ण) भएको छन्द मन्दाक्रान्ता हुन्छ ।
विश्राम-४,६,७
मन्दाक्रान्ताम्बुधिरसनगैर्मो भनौ तौ गयुग्मम् ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~
कोरोना कष्ट र कहर सम्पूर्ण संघर्ष कस्तो
तर्सायो मानव सकल पापिष्ठ उद्दण्ड यस्तो ।
देखायो दानव प्रबृति जान्दैन माया कि जस्तो ।
अत्यन्तै दुष्ट छ प्रकृति पार्दैछ बित्यास तस्तो ।१।

जन्मेको कारण कुदिन पारेर क्रोधी अपार ।
बर्षायो दु:ख र विरुत आक्रान्त पारेर सारा ।
जन्मायो संकट विरह कुर्लन्छ बिध्वंस ज्यास्ती ।
सक्दैनौँ थाम्न नि अब त दिक्दार पाएर सास्ती ।२।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

प्रतिकृयाहरू
...