Saturday 21st March 2026

सिन्धुपाल्चोकको लिदी पहिरो अपडेटः २८ घर पुरिए, ३५ जना बेपत्ता(फोटो फिचर सहित)


९ जनाको जिवितै उद्दार, गम्भीर घाइते ५ जनालाइ सेनाको हेलिकोप्टरबाट काठमाडाैं ल्याइयो

सिन्धुपाल्चोककाे जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान साढे ६ बजे अविरल वर्षासँगै आएको पहिरोमा परेर कम्तिमा ३५ जना मानिस बेपत्ता भएका छन् । पहिरोले २८ घर पुरेको छ । नौ जना घाइते भएका छन् । गम्भीर घाइते भएका ५ जनालाइ सेनाको हेलिकोप्टर मार्फत उपचारको लागि काठमाडाैं ल्याइएको छ ।

घटनास्थलमा स्थानीय जनता, जनप्रतिनिधि, जनपद प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले उद्दार कार्य अगाडि बढाएका छन् । यसै बिच सभामुख अग्निप्रसाद सापकोटा पहिरो निरीक्षणका लागि सिन्धुपाल्चोकको लिदी पुगेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा पहिरो गएको क्षेत्रको निरीक्षणका लागि गएका हुन् ।

१७२ घर धुरी भएको लिदी गाउँमा २८ घरका ३५ मानिस पहिरोले पुरिएको भने पनि घटनाको पूर्ण विवरण आउन बाँकी नै छ तर स्थानीयको भनाइ अनुसार कम्तीमा ४० घर पुरिएका छन् । त्यतिकै संख्यामा मानिस पनि पुरिएको अनुमान छ । ठूलो पहिरो गएको र गाउँको बीचमा भएकोले यथार्थ खुल्न बाँकी छ ।

पहिरोको उच्च जोखिममा सिन्धुपाल्चोकका विभिन्न स्थानमा रहेका यसअघि पनि  पहिरो खस्दा ठूलो मानवीय क्षति भएको थियो भने अझै धेरै हराइरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...