Friday 2nd January 2026

जीवन – द्रुतविलम्बित छन्द -हरि शर्मा (सुबेदी)


जीवन
द्रुतविलम्बित छन्द
वर्ण-१२
न भ भ र गण भएको छन्द द्रुतविलम्बित हुन्छ ।
द्रुतविलम्बितमाह नभौ भरौ ।
~~~~~~~~~~~~~~~~
अबुझ बन्दछ मानव बेसरी ।
कलह झिक्दछ दानवझैँ गरी ।
असल भन्दछ दम्भ छ आडमा ।
अजर मान्दछ जीवन लोकमा ।१।

असुर आदत कंसको भावना ।
रसिक नाटक दुष्ट छ चाहना ।
तरल मानव जीवन जान यो ।
दिनहुँ बग्दछ सुक्दछ मान त्यो ।२।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...