Sunday 16th November 2025

चन्द्र – रथोध्दता छन्द -हरि शर्मा (सुबेदी)


चन्द्र
छन्द:रथोध्दता
वर्ण-११
लक्षण- र न र गण ल गु( ह्र्स्व, गुरु) भएको छन्द रथोध्दता हुन्छ ।
रात्परैर्नरलगै रथोध्दता ।
*********************
साँझमा टहक जूनको अति ।
रातमा चहक चन्द्रको कति ।
मेघको प्रचुर मित्रता सँग ।
गर्दछ्न् प्रगति पूर्णिमा तक ।१।

शान्तिको सहज घोषणा गरी ।
हाँस्दछन् गगन बीचमा बसी।
छैन खै त किन गर्बको रुप ।
मानव प्रचुर घमण्ड खुब ।२।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

प्रतिकृयाहरू
...