Monday 23rd March 2026

जवानी – लोक छन्द(झ्याउरे) -हरि शर्मा (सुबेदी)


झुलुक्क झुल्क्यो पिँढीमा घाम टलक्क टल्कियो ।
बिस्तारै घाम छिपिँदै गयो मध्यान्ह ढल्कियो।१।

डाँडामा पुगे ढल्कँदै घाम डुब्नको तयारी।
बिस्कुन लगी आँगन तिर दौडिएँ बेसरी।२।

घामको राप मधुर भयो बिस्कुन सुकेन ।
चर्केको घाम ढल्केर गयो ध्यान नै पुगेन।३।

हिजोको दिन जुँगाको रेखी ओठमा बसेको।
आजको दिन तालुका रौँ ती बिस्तारै खसेको ।४।

हरायो कता मुहार मेरो गुराँस पोतेको।
हेरेको ऐना भेटेको मैले सुनले लेपेको ।५।

हिजोको दिन सम्झिँदा खेरि उसैले गिज्यायो।
गालामा छाम्दा काँडाले कोप्यो हातमा बिझायो।६।

तत्काल फुल्यो फक्रेर गयो बिस्तारै बिलायो।
सुवास छरी ओरि र परि सुगन्ध दिलायो ।७।

बुढौली देखे आँगन माथि पर्खेर बसेको।
कुनामा उता यमराजले छ पासो थापेको ।८।

कोरोना नाथे डुलेर हिँड्छ संसार भरमा।
फितलो मान्छे देखेमा क्वाप्प राख्दछ मुखमा ।९।

जीवन फूल नचिन्दा भूल सुवास हरायो।
अनेकौँ फूल बगैँचा भित्र दुर्गन्ध मौलायो ।१०।

जीवन फूल फक्रेर जान्छ पत्तो नै नपाई।
सुवास छरौँ सफल पारौँ गरेर भलाई ।११।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...