Monday 23rd March 2026

पिर – छन्द:सवाई -हरि शर्मा (सुबेदी)


कसैलाई कोरोनाले छुन्छ भन्ने पिर ।
कसैलाई लागेपछि निको पार्ने पिर ।१।

कसैलाई छ जागिर गुमेकोमा पिर ।
कसैलाई कुर्सिमाथि उघेँको छ पिर ।२।

कसैलाई ब्यापारमा घाटाको छ पिर ।
कसैलाई एक छाक आटाको नि पिर ।३।

कसैलाई अरु कतै जित्लान् भन्ने पिर।
कसैलाई नाङ्गो फोटो खिच्दाको छ पिर ।४।

डाक्टरलाई बिरामी जाँच्दाको नै पिर ।
बिरामीलाई आफ्नो खुट्टा भांच्दाको पिर ।५।

कसैलाई कमाउन नसकेको पिर ।
कसैलाई भएको नि गुमाएको पिर ।६।

कसैलाई फेस्बुकमा लाईक नपा पिर ।
कसैलाई चलाउनै नआएको पिर ।७।

कसैलाई अरु कोही नटेरेको पिर ।
कसैलाई वाक्क-दिक्क बनाएको पिर।८।

होला कतै कोही मान्छे नभएको पिर ।
यस्तो मान्छे भेटिएमा इक्षा हुन्थ्यो पुरा ।९।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...