Monday 23rd March 2026

झटारो – लोक छन्द (झ्याउरे) -हरि शर्मा (सुबेदी)


नबुझे कुरा पछाडि फेरि पर्छ कि लठारो ।
आफ्नो त बानी परेर गयो हान्नको झटारो । १ ।

जे देख्छु भन्छु जस्ताको तस्तै फरक नगरी ।
पर्गेल्ने हैन सानो र ठूलो पटक्कै नडरी । २ ।

झटारो गई लाग्छ कि कतै बाच्छियुँ गोलामा ।
जे पर्ला टर्ला के चिन्ता लिनु नश्वर चोलामा । ३ ।

फुर्सद मिल्यो कोरोना निहुँ कविता कोरेको ।
मनमा उठ्ने अनेक भाव टिपेर जोडेको । ४ ।

जागिर खाने गुनासो गर्छन् जागिर गुमेको ।
बिज्नेस गर्ने गुनासो गरे प्रशस्त घाटाको । ५ ।

कसैको छैन हँसिलो मुख कोरोना कारण ।
कसरी गर्ने गुजारा हामी भरण पोषण । ५ ।

अनित्य चोला बितेको राम्रो अरुको सेवामा ।
नभुले राम्रो लडाइँ गरी स-साना कुरामा । ६ ।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...