Monday 23rd March 2026

चिनारी – छन्दः सवाई -हरि शर्मा (सुबेदी)


हरिलाल शर्मा नाम सुबेदी हो थर।
गलकोट नुवाकोट मेरो जन्म घर।।

अमेरिका मिसिगन विकसोम बास।
यहाँ पनि कोरोनाको उस्तै छ है त्रास।।

कम्प्युटर इन्जिनियर हो मेरो पेशा।
कहिले काँही कविता नजर दिन्छिन् यता।।

हाम्रो पाला शिक्षा बिधी अलि भिन्न थियो।
गलकोट मा.बि. बाट दश पास भयो।।

महेन्द्र बहुमुखी क्याम्पस बाग्लुङ।
प्रविणता स्नातक पढिकन घुम।।

स्नातकोत्तर केन्द्रिय बिभागमा पर्‍यो।
अंग्रेजी साहित्यले स्वाद दिने गर्‍यो।।

श्रीधर, अभि, पद्म, बिष्णु, सजग अनि।
सन्जीव,संगीता र गीता सम्झन्छु पनि।।

सरहरुले पढाएको आज याद आयो।
त्यही अर्थ कविताले मूर्त रुप पायो।।

अमेरिका आएपछि रुप फेरिदिएँ।
मेडिकल कम्प्युटर पढ्न ब्यस्त भएँ।।

स्कुल्क्राफ्ट कलेज मेडिकल असिस्टेन्ट।
इस्ट्रन मिसिगन कम्पुटर स्टुडेन्ट ।।

बाल्यकाल फाट्टफुट्ट सँस्कृतमा ध्यान।
रामकोट मन्दिरमा मिल्यो ठूलो ज्ञान।।

दुर्गा अनि सिद्धिनाथ गुरुहरु सँग।
बेद,रुद्री, चण्डी पढ्दा भएको म दङ्ग।।

कौमुदी अमरकोश छुने मौका मिल्यो।
ज्ञान आज कवितामा ठूलो मद्दत दियो।।

नेपाल छँदा बिद्यालय पढाउन जान्थेँ।
कविता वाचन गर्न औधी जाती मान्थेँ।।

काका अनि मामा पनि बेद पाठ गर्ने।
उहाँहरुले बोलाउँदा आफू जानु पर्ने।।

त्यसैले त आज सक्छु पूजा लगाउन।
मन शान्त पार्न अनि दु:ख भगाउन।।

जिस्किएर रमाउने पर्‍यो आफ्नो बानी।
कहिले काहीँ ठट्टा गर्दा लट्टा पर्न जाने।।

परिचय सबै मेरो सकिएको हैन ।
सबैकुरा लेखौँ भने लेखी साध्य छैन।।

मौका मिल्दा सँगै बसी कुरा गर्ने मन।
कविताले पुरा गर्‍यो खुशी लाग्यो झन।।

हरि शर्मा(सुवेदी)
गलकोट- बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...