Monday 23rd March 2026

दिक्दारै भयो – लोक छन्द (झ्याउरे) -हरि शर्मा (सुबेदी)


फोनको घन्टी टिनिन्न बज्यो के आयो खबर ।
मर्नेको संख्या बढेर गयो मोटर शहर ।१।

अलिक टाढा निवास मेरो विक्सोम शहर ।
घरैमा बसी कसला काट्छु घुम्नको रहर ।२।

खबर भन्छ साथीले थप्छ नजाउ बाहिर ।
कोरोना नाम घरैमा काम सजिलो जागिर । ३।

महिना तीन भयो भ्रमण गर्न बाहिर नगाको ।
अशान्त तन तुल्बुल मन लौन नि के भाको ।४।

अशान्त हुँदा घुम्नको लागि बगैँचा पुग्दछु ।
मानिस देखे अलिक पर कुनामा लुक्दछु ।५।

दिक्दारै भयो कहाली लाग्दो कोरोना खबर ।
प्रयोग गरी छोपौँ कि टीभी प्लाष्टिक कबर।६।

रमाइलो गर्छु, घरैमा बस्छु, खबर सुन्दिन ।
कोरोना नाथे के गर्ला भनी मनमा गुन्दिन ।७।

धोएर हात लगाई मास्क बसेको दुनियाँ ।
जे पर्ला टर्ला के चिन्ता लिनु नश्वर जुनीमा ।८।

सचत बनौँ साब्धानी लिउँ पटक्कै नडरौँ ।
मार्नेछौं पक्कै कोरोना हामी डरले नमरौँ।९।

हरि शर्मा (सुबेदी)
गलकोट- बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...