Monday 23rd March 2026

झारफुक – लोक छन्द(सवाई) -हरि शर्मा(सुबेदी)


कोरोना बजियाले त गर्नुसम्म गर्‍यो ।
दुईचार शब्द केर्न बाध्यता नै पार्‍यो ।१।

बजिया आज अत्यन्तै शक्तिशाली रह्यो।
तमासाले दुनियाँ नै थर्कमान भयो ।२।

कोही मान्छे कष्टमा रीपोर्ट कुरी बसे ।
कोही मान्छे सडकतिर अल्पत्र परे ।३।

कोही मान्छे साथमा थर्मामिटर बोके ।
कोही मान्छे आफूलाई तुलोमाथि जोखे ।४।

कोही मान्छे कतै खोजतलासमा लागे।
कोही मान्छे तर्सिएर सुँइकुच्चा ठोके ।५।

कोही मान्छे डराएर घरभित्रै लुके।
कोही मान्छे ठाडै त्यहीँ सिन्कैसरी सुके ।६।

अलच्छिना जीवाणुले गर्नु सम्म गर्‍यो।
दु:खले आर्जेको धन सबै स्वाहा पार्‍यो ।७।

घृणा गर्दा हुने भए थुक्क थुकी दिन्थें।
झारफुकले हट्ने भए फु फुकी दिन्थेँ ।८।

बढिरहे आज यहाँ रोगी हुनेहरु ।
खप्न सारै बाधा भयो अब कसो गरौँ ।९ ।

हरि शर्मा(सुबेदी)
गलकोट- बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...