Wednesday 15th May 2024

साइप्रसमा धादिङकी छात्राको निधन


जीएनएन- अध्ययनको सिलसिलामा गत जनवरीमा धादिङबाट साइप्रस आएकी नेपाली छात्रा रेणुका कोइराला (फेसबुकमा Zoshna Koirala)को साइप्रसको निकोसियामा मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ ।

२५ जुलाईको राति करिव १ देखि २ बजे काम गरेर अफिसबाट डेरातिर फर्कने क्रममा ट्राफिक दुर्घटनामा परी घाइते भएकी उनीलाई जनरल अस्पताल पुऱ्याउँदा डाक्टरले तत्काल मृत घोषणा गरेका हुन् । निकोसीया प्रहरीले समेत यसबारे पुष्टि गरिसकेको छ ।

रेणुलाई लिएर आउने मोटरसाइकल चालकसहित मोटर साइकल प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । घटनाको अनुसन्धानको क्रममा मृतक रेणुकाको साथबाट मोबाएल सेट, आइडी कार्ड, निलो रंगको झोला, केही यूरो भेटिएको साइप्रस प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

इजरायलले गाजामा आक्रमण जारी राखेमा लडाइँ जारी राख्ने हिजबुल्लाहले बताएको छ, हिजबुल्लाह प्रमुख नसरल्लाहले गाजालाई समर्थन 'अन्तिम' भएको बताएका छन्,…

प्रतिकृयाहरू
...