Monday 23rd March 2026

दलको भोगी प्रकृति पनि – नेपाली लोक छन्द(झ्याउरे) -हरि शर्मा(सुबेदी)


दलको भोगी प्रकृति पनि
नेपाली लोक छन्द(झ्याउरे )
*********************
चल्दैछ आज लाटाको देशाँ गाँडाको रजाईं
पुत्लाले पनि हिँडेको रैछ समुह बनाई ।१ ।

मण्डली बिना बग्दैन नदी आगोले पोल्दैन
छिमेकी साथी फरक दल चुईँक्क बोल्दैन ।२ ।

माहुरी जस्तो जमात यहाँ बन्दैन पुत्लाको
मपाईँ ठूलो देखिन्छ फेरि यी नाथे भुत्लाको ।३ ।

विचरा एक्लो भ्यागुतो फेरि कुनामा बसेको
कसैको खुट्टा तानौँला भनी कम्मरै कसेको ।४ ।

बिरालो पनि सुटुक्क फेरि दलमा छिरेछ
मिलेन भाग सिद्धियो दूध रिसाई हिँडेछ ।५ ।

अत्यन्त बाठो ब्वाँसोको हित चितुवा सँग भो
त्यसैले होला मासुको भाग अलिक मिलेको ।६।

सुर्यले भन्छ मिल्दैन ताप दलमा नलागे
चन्द्रको बोली धाँदली भयो बस्दिन म भागेँ ।७ ।

वर्षाले भन्छ दरिलो दल मेरो नि बन्दैछ
दलको भोगी प्रकृति पनि चिहान खन्दैछ ।८ ।

हरि शर्मा (सुबेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...