Sunday 16th November 2025

दलको भोगी प्रकृति पनि – नेपाली लोक छन्द(झ्याउरे) -हरि शर्मा(सुबेदी)


दलको भोगी प्रकृति पनि
नेपाली लोक छन्द(झ्याउरे )
*********************
चल्दैछ आज लाटाको देशाँ गाँडाको रजाईं
पुत्लाले पनि हिँडेको रैछ समुह बनाई ।१ ।

मण्डली बिना बग्दैन नदी आगोले पोल्दैन
छिमेकी साथी फरक दल चुईँक्क बोल्दैन ।२ ।

माहुरी जस्तो जमात यहाँ बन्दैन पुत्लाको
मपाईँ ठूलो देखिन्छ फेरि यी नाथे भुत्लाको ।३ ।

विचरा एक्लो भ्यागुतो फेरि कुनामा बसेको
कसैको खुट्टा तानौँला भनी कम्मरै कसेको ।४ ।

बिरालो पनि सुटुक्क फेरि दलमा छिरेछ
मिलेन भाग सिद्धियो दूध रिसाई हिँडेछ ।५ ।

अत्यन्त बाठो ब्वाँसोको हित चितुवा सँग भो
त्यसैले होला मासुको भाग अलिक मिलेको ।६।

सुर्यले भन्छ मिल्दैन ताप दलमा नलागे
चन्द्रको बोली धाँदली भयो बस्दिन म भागेँ ।७ ।

वर्षाले भन्छ दरिलो दल मेरो नि बन्दैछ
दलको भोगी प्रकृति पनि चिहान खन्दैछ ।८ ।

हरि शर्मा (सुबेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका।


सम्बन्धित शीर्षकहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

प्रतिकृयाहरू
...