Monday 23rd March 2026

गजल -राम भण्डारी


गजल

तिमी सँगै बाँच्ने आशा मरे जस्तो लाग्छ ।
थाहै नदिई तिमीले घात गरे जस्तो लाग्छ ।।

पत्याउँदिनौ के भनेर सम्झाउँ तिमीलाई
मेरो मुटु बाट नै डेरा सरे जस्तो लाग्छ ।।

बेहोसी मै रहेछु म अब होस खुलेछ कि
नक्कलीको माया जालमा परे जस्तो लाग्छ ।।

एकोहोरो सोचि रहें मनमा किन किन
बसन्तमा फूल मुर्झाई झरे जस्तो लाग्छ ।।

मलाई पार्यौ मरेतुल्य तिमीले होस गर्नु
तिम्रो पापको घडा अब भरे जस्तो लाग्छ ।।

-राम भण्डारी
सिन्धुपाल्चाेक
हालः काठमाडाैं


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...