Monday 23rd March 2026

गजल -राम भण्डारी


गजल

निर्धक्क मनले तिम्रो फूलबारीमा डुल्न पाएँ ।
धानका बाला झैं तिम्रो मनभरी झुल्न पाएँ ।।

तिम्रो साथबाट कहिल्यै नछुट्टिने कसम खादै
जिन्दगीका ब्यथाहरु सधैंलाई भुल्न पाएँ ।।

अन्धकारमा रुमल्लिएर विलिन हुनै लाग्दा
रिमझिम झरिपछि निलो गगन झैं खुल्न पाएँ।।

अलौकिक सुवासको मन्द मन्द वासना दिएर
तिम्रो जिवनमा वसन्त बहार झैं फूल्न पाएँ ।।

धन्य छु म कुन फूलले श्रृंगारौं मेरी अर्धाङ्गिनी
तिम्रै सप्तरंगी ईन्द्रेणी रंगहरु सँग घुल्न पाएँ ।।

-राम भण्डारी


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...