Tuesday 13th October 2026

पोखराका प्रेम गुरुङको कुवेतमा मृत्‍यु


हरी कृष्ण न्यौपाने – पोखरा घर भई कुवेतमा कार्यरत प्रेम(कुमार) गुरुङको हृदयघातको कारण मृत्‍यु भएको छ।उनको आज जुलाई १४,२०२०-मंगलबारका दिन मृत्‍यु भएको हो।

मृतक गुरुङसंगै कार्यरत एक नेपालीले भने”कुवेतको अल मिश्रिफ कार वास कम्पनीमा सवारी चालकका रुपमा कार्यरत कुमार नामले चिनिने प्रेम गुरुङको आज बिहान मृत्‍यु भएकोमा हामी धेरै दुखी छौ।आज बिहान करिब ८:०० बजे डिउटी पुगेर सबै संगै बसी खाजा खायौं।त्यस पछी बसेकै कुर्सिमा उहाँ ढल्नु भयो।अनी हामीले एम्बुलेन्स बोलायौ,अस्पताल पुर्याउदा त उहाँको मृत्‍यु भैसकेको बताइयो।”उनले थपे”खास प्रेम दाईलाई केही समय देखी प्रेशरको रोगले च्यापेको थियो।उनी केही समय देखी झोक्राएर बस्थे,धेरै बोल्दैनथे।”

नेपाली राजदूतावास कुवेतकी द्वित्तिय सचिब जानकी ओझाले भनिन”प्रेम गुरुङको मृत्‍युको सम्बन्धमा प्रारम्भिक जानकारी दूतावासलाई आईसकेको छ।उनको मृत्‍युको कारण र अन्य विवरण भने आउन बाँकी छ।हामीले मृतकको परिवार संग समन्वय गरेर कानुनी प्रकृयाका कामहरु अगाडि बढाउन शुरु गरी सकेका छौ।”

बिगत १६ बर्ष देखी कुवेतमा काम गर्दै आएका करिब ५१ वर्षीय मृतक प्रेम गुरुङको घरमा श्रीमती र एक छोरा रहेका छन।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले राजधानी रियादस्थित विमानस्थलमा भएको घातक हुथी आक्रमण रोक्न आफ्नो हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान…

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

प्रतिकृयाहरू
...