Sunday 1st February 2026

पोखराका प्रेम गुरुङको कुवेतमा मृत्‍यु


हरी कृष्ण न्यौपाने – पोखरा घर भई कुवेतमा कार्यरत प्रेम(कुमार) गुरुङको हृदयघातको कारण मृत्‍यु भएको छ।उनको आज जुलाई १४,२०२०-मंगलबारका दिन मृत्‍यु भएको हो।

मृतक गुरुङसंगै कार्यरत एक नेपालीले भने”कुवेतको अल मिश्रिफ कार वास कम्पनीमा सवारी चालकका रुपमा कार्यरत कुमार नामले चिनिने प्रेम गुरुङको आज बिहान मृत्‍यु भएकोमा हामी धेरै दुखी छौ।आज बिहान करिब ८:०० बजे डिउटी पुगेर सबै संगै बसी खाजा खायौं।त्यस पछी बसेकै कुर्सिमा उहाँ ढल्नु भयो।अनी हामीले एम्बुलेन्स बोलायौ,अस्पताल पुर्याउदा त उहाँको मृत्‍यु भैसकेको बताइयो।”उनले थपे”खास प्रेम दाईलाई केही समय देखी प्रेशरको रोगले च्यापेको थियो।उनी केही समय देखी झोक्राएर बस्थे,धेरै बोल्दैनथे।”

नेपाली राजदूतावास कुवेतकी द्वित्तिय सचिब जानकी ओझाले भनिन”प्रेम गुरुङको मृत्‍युको सम्बन्धमा प्रारम्भिक जानकारी दूतावासलाई आईसकेको छ।उनको मृत्‍युको कारण र अन्य विवरण भने आउन बाँकी छ।हामीले मृतकको परिवार संग समन्वय गरेर कानुनी प्रकृयाका कामहरु अगाडि बढाउन शुरु गरी सकेका छौ।”

बिगत १६ बर्ष देखी कुवेतमा काम गर्दै आएका करिब ५१ वर्षीय मृतक प्रेम गुरुङको घरमा श्रीमती र एक छोरा रहेका छन।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

प्रतिकृयाहरू
...