Sunday 1st February 2026

केहि मुक्तकहरू -राम भण्डारी


केहि मुक्तकहरू

(१)
दोषी म मात्र हैन आधा तिम्रो भाग बस्यो ।
मैंले खबर पाए जब हाँगोमा काग बस्यो ।
निष्ठुरी निर्णयले तिम्रो, म मरेतुल्य भएँ
कहिल्यै नमेटिने मेरो मनमा दाग बस्यो ।

(२)
मान्छे जन्मेर धर्तिमा एक निसान हुन्छ ।
नाम र दाम कल्पना गर्दै बिहान हुन्छ ।
बिचरा सुन्दर सपना बोकेर मन भरी
संघर्ष गर्दागर्दै एकदिन चिहान हुन्छ ।

(३)
धनि-गरिब भन्दैन यस्ले बराबर रिस पोख्दछ ।
यस्को रिसमा पर्दा समय कारुणिक भोग्दछ ।
कस्तो रोग होला लागेको थाहा पाउन पनि
हरेक दिनले छुट्टै अर्को १४ दिन खोज्दछ ।

(४)
छियाछिया हुन्छ बिरहले छाएको मन पनि ।
त्यस्तै त्यस्तै हुन्छ सलहले खाएको बन पनि ।
बिचार पुर्याउनु है अफन्तहरुले‌ अनि सबै
टिक्दैन भ्रष्ट आचारले कमाएको धन पनि ।

-राम भण्डारी


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...