Monday 23rd March 2026

केहि मुक्तकहरू -राम भण्डारी


केहि मुक्तकहरू

(१)
दोषी म मात्र हैन आधा तिम्रो भाग बस्यो ।
मैंले खबर पाए जब हाँगोमा काग बस्यो ।
निष्ठुरी निर्णयले तिम्रो, म मरेतुल्य भएँ
कहिल्यै नमेटिने मेरो मनमा दाग बस्यो ।

(२)
मान्छे जन्मेर धर्तिमा एक निसान हुन्छ ।
नाम र दाम कल्पना गर्दै बिहान हुन्छ ।
बिचरा सुन्दर सपना बोकेर मन भरी
संघर्ष गर्दागर्दै एकदिन चिहान हुन्छ ।

(३)
धनि-गरिब भन्दैन यस्ले बराबर रिस पोख्दछ ।
यस्को रिसमा पर्दा समय कारुणिक भोग्दछ ।
कस्तो रोग होला लागेको थाहा पाउन पनि
हरेक दिनले छुट्टै अर्को १४ दिन खोज्दछ ।

(४)
छियाछिया हुन्छ बिरहले छाएको मन पनि ।
त्यस्तै त्यस्तै हुन्छ सलहले खाएको बन पनि ।
बिचार पुर्याउनु है अफन्तहरुले‌ अनि सबै
टिक्दैन भ्रष्ट आचारले कमाएको धन पनि ।

-राम भण्डारी


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...