Monday 23rd March 2026

केहि मुक्तकहरू -राम भण्डारी


केहि मुक्तकहरू

वर्षियो झरझर फेरि उद्दण्ड पो के के गर्ने हो ।
निर्दोष जन माथि फेरि बितण्डा के के गर्ने हो ।
घर भित्र बाढी पहिरो बाहिर कोरोना कहर छ
चारै प्रहर त्रासैत्रास भो बाँच्न पो के के गर्ने हो ।

दर्दनाक छन् तड्पिएर बितेका‌ दिनहरु ।
चोटैचोट माथि अभावले थिचेका दिनहरु ।
खोई कस्ले देख्छ र यहाँ गरीबको चित्कार
अनि भोकले खाली पेट मिचेका दिनहरु ।

मिठा शब्द सुन्दा सबै कल्पनामा बग्छन् यहाँ ।
मौका हेरी उल्टै फाईदा उठाउन सक्छन् यहाँ ।
होस गर है आफ्नै छाँयाले पनि अध्यारोमा
चिने पनि नचिने झैं आफैं लाई ठग्छन् यहाँ ।

राम भण्डारी


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...