Sunday 1st February 2026

केहि मुक्तकहरू -राम भण्डारी


केहि मुक्तकहरू

वर्षियो झरझर फेरि उद्दण्ड पो के के गर्ने हो ।
निर्दोष जन माथि फेरि बितण्डा के के गर्ने हो ।
घर भित्र बाढी पहिरो बाहिर कोरोना कहर छ
चारै प्रहर त्रासैत्रास भो बाँच्न पो के के गर्ने हो ।

दर्दनाक छन् तड्पिएर बितेका‌ दिनहरु ।
चोटैचोट माथि अभावले थिचेका दिनहरु ।
खोई कस्ले देख्छ र यहाँ गरीबको चित्कार
अनि भोकले खाली पेट मिचेका दिनहरु ।

मिठा शब्द सुन्दा सबै कल्पनामा बग्छन् यहाँ ।
मौका हेरी उल्टै फाईदा उठाउन सक्छन् यहाँ ।
होस गर है आफ्नै छाँयाले पनि अध्यारोमा
चिने पनि नचिने झैं आफैं लाई ठग्छन् यहाँ ।

राम भण्डारी


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...