Thursday 16th October 2025

केहि मुक्तकहरू -राम भण्डारी


मुक्तक


माया रुपी एक प्याला पिएको मात्र हो ।
तिमी आउछौ कि इसारा दिएको मात्र हो ।
मेरो होस ठेगानमा छैन भन्ने सोचेको तर
कति छ मेरो माया परिक्षा लिएको मात्र हो ।


श्रम गरि नेपालमै घरको चुल्हो जल्थ्यो भने ।
भोक,रोग र शोक सबै ब्यबहार चल्थ्यो भने ।
किन प्यारो देश छाडि परदेशी हुइन्थ्यो र
घर मुनिको ठुलो रुखमा पैसा फल्थ्यो भने ।


दागले मुछिएको हैन स्वच्छ नाउँ भए पुग्छ ।
ईर्ष्या द्वेस बिना सुन्दर शान्त गाउँ भए पुग्छ ।
चाहिन्न मलाई विना श्रम कसैको कालो धन
मृत्यु पछि आफै बराबरको ठाउँ भए पुग्छ ।


कुनै घटाउँदा राम्रो भने कुनै थप्दा राम्रो ।
अझै उनीहरु भन्छन् हाम्रै नाम जप्दा राम्रो ।
सरकार यो बन्दाबन्दी बढेपनि घटाए पनि
भएजति पीडा सबै जनताले नै खप्दा राम्रो ?

-राम भण्डारी


सम्बन्धित शीर्षकहरु

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन…

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

प्रतिकृयाहरू
...