Sunday 1st February 2026

केहि मुक्तकहरू -राम भण्डारी


मुक्तक

ब्रम्हा बिष्णु सहित गुरु महान हुन्छन् ।
सद्गुरुको ज्ञानले गुणी सन्तान हुन्छन् ।
दिक्षा घरमै मिल्दछ शिक्षा गुरुकुलमा
त्यसैले माता-पिता गुरु समान हुन्छन् ।


जे खोजियो मनले त्यो भेटिन्न कहिल्यै ।
जे सोचिन्छ त्यो आँखाले देखिन्न कहिल्यै ।
जिबन भनेको त यस्तै रहेछ क्यार
जे लेखियो भाग्यमा त्यो मेटिन्न कहिल्यै ।


खोजें गजल‌ का हरफमा भेटिएन कहिं ।
हेरिरहें क्षितिज पारि केहि देखिएन कहिं ।
कल्पनामा बग्दैछु सावनको भेल सगै तर
वर्षौंको गहिरो प्यास अझै मेटिएन कहिं ।


उस्को चाहना टुक्रेको मुटु सिलाउन लाई ।
कहिल्यै नपरोस परेली भिजाउन लाई ।
कस्तो बिडम्बना दैव लागेपछि उसलाई
सोच्दै डुब्न थाल्यो धर्तिमा बिलाउन लाई ।

राम भण्डारी


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...