Tuesday 24th March 2026

केहि मुक्तकहरू -राम भण्डारी


मुक्तक

ब्रम्हा बिष्णु सहित गुरु महान हुन्छन् ।
सद्गुरुको ज्ञानले गुणी सन्तान हुन्छन् ।
दिक्षा घरमै मिल्दछ शिक्षा गुरुकुलमा
त्यसैले माता-पिता गुरु समान हुन्छन् ।


जे खोजियो मनले त्यो भेटिन्न कहिल्यै ।
जे सोचिन्छ त्यो आँखाले देखिन्न कहिल्यै ।
जिबन भनेको त यस्तै रहेछ क्यार
जे लेखियो भाग्यमा त्यो मेटिन्न कहिल्यै ।


खोजें गजल‌ का हरफमा भेटिएन कहिं ।
हेरिरहें क्षितिज पारि केहि देखिएन कहिं ।
कल्पनामा बग्दैछु सावनको भेल सगै तर
वर्षौंको गहिरो प्यास अझै मेटिएन कहिं ।


उस्को चाहना टुक्रेको मुटु सिलाउन लाई ।
कहिल्यै नपरोस परेली भिजाउन लाई ।
कस्तो बिडम्बना दैव लागेपछि उसलाई
सोच्दै डुब्न थाल्यो धर्तिमा बिलाउन लाई ।

राम भण्डारी


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...