Tuesday 24th March 2026

केहि मुक्तकहरू -राम भण्डारी


केहि मुक्तकहरू


चाहेर समय रोक्न सकिन्न यहाँ ।
आँटेर सागर छोप्न सकिन्न यहाँ ।
ढाँट्नु मानवको मुर्खता मात्रै हो
फलामे रोटी टोक्न सकिन्न यहाँ ।


मेरा दुई आँखाको नानी कोसेली ।
निश्चल झरनाको पानी कोसेली ।
तिमीलाई हेरेर जिबन रमाई रहेछ
मेरो दिल-दरवारको रानी कोसेली ।


खोजी खोजी फल खाउ बोट नगन ।
चोखो मनको सेवालाई खोट नभन ।
घेरिएको छु स्वार्थी संसार बाट यहाँ
चुपचाप मार खाँदै जाउ चोट नगन ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...