Saturday 31st January 2026

केहि मुक्तकहरू – राम भण्डारी


केही मुक्तकहरू


अस्ति मात्रै छिमेकबाट कलह आयो रे ।
एकपछि अर्को घटनाले पलट खायो रे ।
नेपालीको दुर्भाग्य वा नियतिको नियत
सुन्दैछु फेरि गाउँ गाउँमा सलह आयो रे ।


हिजोआज बजारमा कोरोना जन्तर आयो रे ।
चाईना बाटै उत्कृष्ट चाईनिज मन्तर आयो रे ।
भन्नुहोस् न कमरेड कोरोना र सलह भाग्ला
बेसार, पानी, टिमुर बिद्या धनवन्तर छायो रे ।


जति गल्ती गरें अब कहिल्यै गर्नेछैन ।
तिम्लाई चोट पर्ने काम कैैल्यै गर्नेछैन ।
बाचा गर्छु प्रिय तिमी अब बिस्वास गर
तिमी पाखा अरु काख कैल्यै गर्नेछैन ।

-राम भण्डारी


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...