Wednesday 23rd September 2026

कुवेतमा बाराका उमाकान्त काफ्लेको मृत्‍यु


हरी कृष्ण न्यौपाने-बारा,कोल्बी घर भई कुवेतमा कार्यरत उमाकान्त काफ्लेको कुवेतको फर्वानिया अस्पातलमा उपचारकै क्रममा मृत्‍यु भएको छ।उनको हिजो जुन-२६,शुक्रबार,२०२०का दिन मृत्‍यु भएको हो।

नेपाली राजादूतबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं-०८९५३००१ का ३७ बर्षिय उमाकान्त काफ्लेको मृत्‍यु भएको जानकारी दूतावासमा आएको बताए।सिलवालले भने”कुवेतको सिटीसेन्टर कम्पनीमा काम गर्ने उमाकान्तको निमोनियाका कारण मृत्‍यु भएको जानकारी प्राप्त भएको छ।उनको शबलाई फर्काउने सम्बन्धमा र अन्य कानुनी प्रकृयाका लागि मृतक काफ्ले कार्यरत कम्पनी,परिवार लगाएत सम्बन्धित निकाय संग समन्वय गरी कानुनी प्रकृया शुरु गरिसकेका छौ।”

यसै बिच पोर्चुगलमा कार्यरत मृतकका आफन्त(श्रिमतीको भाई) सुमन धमलाले तितोपाटी डटकम संग कुरा गर्दै भने “एप्रिल १३ तारिक,२०२०का दिन हल्का श्वासप्रश्वासमा समस्या भए पछी हिंडेरै फर्वानिया अस्पातल पुगेका भिनाजुको मृत्‍युको खबरले हामी धेरै दु:खी भएका छौ।उनले भने “भिनाजुलाई बिचमा कोरोना संक्रमण भए पछी जाबेर अस्पातल लगिएको अनी निको हुनु भएपछी पुन: फर्वानिया अस्पातल फर्काइएको र केही सुधार हुँदै गरेको कम्पनिले हामीलाई जानकारी गराइरहेको थियो तर एक्कासी मृत्‍युको खबरले हामीलाई पत्याउनै गार्हो भईरहेको छ।” उनले थपे “उहाँको शबलाई छिट्टै घर फर्काउन दूतावास लगाएत सबैले सहयोग गरिदिनु होला।”

मृतक काफ्लेको घरमा श्रीमती, तीन छोराहरु, बुवा-आमाहरु रहेका धमलाले बताए।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...