Wednesday 14th October 2026

कुवेत,कतार, र युएई बाट २३ शवको उद्धार


तितोपाटी- वैदेशिक रोजगारीका  क्रममा मृत्यु भएका २३ जना नेपालीको शव शुक्रबार स्वदेश पुर्‍याइएको छ । 

कतारदेखि २० वटा, कुवेतबाट २ र युएईदेखि १ वटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थललेजानकारी दिएको छ ।

यसरी उद्धार गरेर ल्याएको शव आफन्तलाई जिम्मा लागएको विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रीले जनाएका छन् । कोरोनाभाइरसका कारण ४ महिनादेखि विभिन्न कारणले विदेशमा शव रोकिएका थिए । 

गत ११ चैत पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा पनि धेरै शव नेपाल ल्याउन सकिएको थिएन । अहिले शव चार्टर ल्याउनथालेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

प्रतिकृयाहरू
...