Friday 20th March 2026

नेपालमा कोरोना संक्रमितको संख्या ७ हजारबाट उकालो लाग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाले कोरोना जितेर घर फर्केका छन् र १ जनाको ज्यान गएको छ। याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ७१७७ पुगेको छ भने अहिलेसम्म ७३ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ । हाल ५९९० जना बिभिन्न अस्पतालहरू तथा अाइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बुधबार अपरान्ह सम्म कुल ११६७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि बाँकेकी ४६ वर्षीया महिलाको मृत्यु भएको छ भने अहिले सम्म कोरोना संक्रमणको कारण ज्यान जानेको संख्या २० पुगेको छ । हालसम्म देशभरका २२ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि १४९७७२ परीक्षण भएको  छ भने क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ८२ लाख ८७ हजार भन्दा बढि संक्रमित भइ ४३ लाख ४१ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख ४६ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...