Friday 26th December 2025

नेपालमा कोरोना संक्रमितको संख्या ७ हजारबाट उकालो लाग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाले कोरोना जितेर घर फर्केका छन् र १ जनाको ज्यान गएको छ। याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ७१७७ पुगेको छ भने अहिलेसम्म ७३ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ । हाल ५९९० जना बिभिन्न अस्पतालहरू तथा अाइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बुधबार अपरान्ह सम्म कुल ११६७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि बाँकेकी ४६ वर्षीया महिलाको मृत्यु भएको छ भने अहिले सम्म कोरोना संक्रमणको कारण ज्यान जानेको संख्या २० पुगेको छ । हालसम्म देशभरका २२ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि १४९७७२ परीक्षण भएको  छ भने क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ८२ लाख ८७ हजार भन्दा बढि संक्रमित भइ ४३ लाख ४१ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख ४६ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

१७ वर्षको निर्वासन पछि, बंगलादेश राष्ट्रवादी पार्टी (BNP) का नेता र दक्षिण एसियाली राष्ट्रको आगामी प्रधानमन्त्री बन्ने अग्रपंक्तिमा रहेका तारिक…

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

प्रतिकृयाहरू
...