Tuesday 24th March 2026

कविता:- “आभाष” -राम भण्डारी


कविता:- “आभाष”

मुस्कुराउनु त आदत हो देखिन्छ तर पीडा लुकिरहन्छ ।
जति बाँध्न खोज्छु त्रसित मन छ उति नैं फुकिरहन्छ ।।

बाहिर भरिलो देखिने पुष्ट जस्तै छ भित्र भित्रै सुकिरहन्छ।
काम दरिलो गर्दछ भन्ने बिस्वास छ बेला बेला चुकिरहन्छ ।।

लाग्दैन भिजेको बाहिर चिसो छ पनी चुहिरहन्छ ।
चोट देखिन्न कहि गहिरो डोब छ मुटु दुखिरहन्छ ।।

निन्द्रा कहाँ खोजौं आँखामा छ सपना टुटिरहन्छ।
मनमा उम्लिएको ज्वारभाटा छ लप्काहरु उठिरहन्छ ।।

समयले पक्रि रहेको भान हुन्छ तर किन छुटिरहन्छ ।
हेर्छु कोहि देख्दिनँ मन एक्लो छ लुकेर चुटिरहन्छ ।।

पीडाको चित्कार अनि चिच्याहट छ नसुनेझैं सुतिरहन्छ ।
आफ्नैलाइ लुट्नु हुदैन थाहा छ तर हरदम लुटिरहन्छ ।।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...