कविता:- “आभाष”
मुस्कुराउनु त आदत हो देखिन्छ तर पीडा लुकिरहन्छ ।
जति बाँध्न खोज्छु त्रसित मन छ उति नैं फुकिरहन्छ ।।
बाहिर भरिलो देखिने पुष्ट जस्तै छ भित्र भित्रै सुकिरहन्छ।
काम दरिलो गर्दछ भन्ने बिस्वास छ बेला बेला चुकिरहन्छ ।।
लाग्दैन भिजेको बाहिर चिसो छ पनी चुहिरहन्छ ।
चोट देखिन्न कहि गहिरो डोब छ मुटु दुखिरहन्छ ।।
निन्द्रा कहाँ खोजौं आँखामा छ सपना टुटिरहन्छ।
मनमा उम्लिएको ज्वारभाटा छ लप्काहरु उठिरहन्छ ।।
समयले पक्रि रहेको भान हुन्छ तर किन छुटिरहन्छ ।
हेर्छु कोहि देख्दिनँ मन एक्लो छ लुकेर चुटिरहन्छ ।।
पीडाको चित्कार अनि चिच्याहट छ नसुनेझैं सुतिरहन्छ ।
आफ्नैलाइ लुट्नु हुदैन थाहा छ तर हरदम लुटिरहन्छ ।।