Friday 26th December 2025

नेपालमा कोरोना संक्रमितको कुल संख्या ५३३५ पुग्यो, थप २ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३६ जनाले कोरोना जितेर घर फर्केका छन् र थप २ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ५३३५ पुगेको छ भने अहिलेसम्म ७२ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ । हाल ४४०४ जना बिभिन्न अस्पतालहरू तथा अाइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शनिबार अपरान्ह सम्म कुल ९१३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि
पर्सा जिल्लाका २५ वर्षीय पुरूष र बारा जिल्लाका ५ वर्षीय बालकको कोरोनाको कारण ज्यान गएको छ । यसरी अहिले सम्म १८ जनाको ज्यान गएको छ । हालसम्म देशभरका २१ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि १२७२८८ परीक्षण भएको  तथा अारडिटी परिक्षणबाट १९०५८२ जनाको परिक्षण गरिएको छ भने क्वारेन्टाइनमा १ लाख ५० हजार ५ सय ४९ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ७७ लाख ६४ हजार भन्दा बढि संक्रमित भइ ३९ लाख ८२ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख २८ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

१७ वर्षको निर्वासन पछि, बंगलादेश राष्ट्रवादी पार्टी (BNP) का नेता र दक्षिण एसियाली राष्ट्रको आगामी प्रधानमन्त्री बन्ने अग्रपंक्तिमा रहेका तारिक…

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

प्रतिकृयाहरू
...