Monday 29th April 2024

कुवेतमा अब १५ बर्ष भन्दा धेरै बस्न नपाउने


तोयानाथ उपेक्षित, कुवेतमा यहाँको संसदिय समितीले डेमोग्राफी ईम्ब्यालेन्स मिलाउन विदेशीहरुको जनसंख्या घटाउने नयाँ प्रस्ताव गरेको छ उक्त प्रस्तावमा कुनै पनि आप्रवासीले भिषा नविकरण गरेर बढीमा १५ बर्ष भन्दा धेरै बस्न पाउने छैनन यसरी नै उमेर ६० पुगे पछि पनि अनिवार्य रुपमा कुवेत छाड्न पर्ने छ ।

यसरी नै प्रस्तावित मास्टर प्लानमा भनिएको छ आवासिय कानूनमा कुनै परिवर्तन गर्न पाईने छैन । विदेशीहरुलाई कति संख्यामा आउन दिने भनेर कोटा प्रणाली लागु गरिने छ । भिजिट भिषा वा फेमेली तथा घरेलु लगायतका कुनै पनि भिषा वर्क परमिट भिषामा रुपमान्तरण गर्न पाईने छैन । यहाँ सम्म की सरकारी क्षेत्रमा काम गर्नेहरुले समेत निजी क्षेत्रमा जान पाउने छैनन । यसरी नै विभिन्न सरकारी शुल्कमा पनि बृद्धि गर्ने प्रस्तावमा उल्लेख गरिएको छ । समग्र जीसीसीमा हाल विदेशीहरुको जनसंख्या ६३ प्रतिशत रहेको छ ।

कुवेतमा १ दशमलब ४ मिलियन कुवेतीको जनसंख्या छ भने ३ दशमलब २ मिलियन विदेशी रहेका छन ।
श्रोत अलराई


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...