Saturday 31st January 2026

कविताः- सपना -राम भण्डारी


‘सपना’

-राम भण्डारी

सपना बोकेको छ जो दिन‌मा देखेको ।
पुरा हुन्छ मात्रै जो निधारमा लेखेको ।

सपना बिक्री हुँदैन रात मै होस् देखेको ।
पसिना ठगि बजार मा बेचेको ।

सपना देखाउने हैन सपना देख्ने बेचिएको ।
सपना देख्दादेख्दै स्वप्नदोष भै चेपिएको ।

खोजेको खुल्ला चर्मचछुमा सपना देख्न ।
रेतको धारमा गौरवशाली ईतिहास लेख्न ।

सकिन्नथ्यो सगरमाथा नचढी गगन भेट्न ।
सम्भव छैन बुद्धको देशबाट शान्ति मेट्न ।

मेरो सपना चन्द्र सूर्य ध्वजा लाली नभमा ।
शान्ति सन्देश छर्दै विश्वमा उन्नति पथमा ।

सपना साँचेर सगरमाथा काँधमा बोक्ने हो ।
आमा तिर हेर्ने बैरीको गिद्धे नजर रोक्ने हो ।

मनभरी यस्तै यस्तै सपना साँचेको हुन्छ ।
त्यहि सपना पुरा गर्न मानिस बाँचेको हुन्छ ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...