Saturday 31st January 2026

“हामी श्रमिकहरूलाई” -राम भण्डारी


“हामी श्रमिकहरूलाई”
-राम भण्डारी

कतै देखिंदैन देशको अंग ठानेको हामी श्रमिकहरुलाई ।
देशकै बिडम्बना! हो भन्छु म, यो देश हाँक्नेहरुलाई ।।

जोगी जुन आए पनि, चिरेका कान सहित छिरेकाहरुलाई ।
भित्र पुरानै कमिज, त्यस माथि राष्ट्रिय झन्डा भिरेकाहरुलाई ।।

मे दिवस, तारे होटल, भब्य कार्यक्रम गरिन्छ यहाँ गर्नलाई ।
“रेमिट्यान्सले देश चलेको छ” मात्रै तेसैदिन भनिन्छ भन्नलाई ।।

कुर्लिन्छन् त्यसदिन उफ्रेर, अर्को दिन श्रमिक नचिन्नेहरुलाई ।
भुलेर खाली खुट्टा, यहाँ जुत्ता बिना नहिड्ने हरुलाई ।।

सुनिदिनुहोस हाम्रो अनुरोध, पी-मर्कामा परेकाहरुलाई ।
दिनुहोस् उचित निदान, हरदम श्रमजीवी गरेकाहरुलाई ।।

पौरखी हातहरुले सुन फलाउन पसिना रोप्नेहरुलाई ।
आफ्नै बलिदान दिई पहरामा ईतिहास खोप्नेहरुलाई ।।

जाँच्ने कसले, नाप्ने को हो? चस्मा भित्र दृष्टि भएकाहरुलाई ।
दृढ रहौं, निभ्न नदिउँ सबै मिलेर आशाको किरणहरुलाई ।।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...