“कोभिड-19 को नियति”
-राम भण्डारी
डर लागेको थियो कोरोनाले नै मरिन्छ कि भनेर ।
बस्नु पर्यो दुरी राखेर चपेटामा परिन्छ कि भनेर ।।
खुल्छ भन्दा भन्दै झन् झन् बन्दा बन्दी थपिएर ।
गन्दा गन्दै तिन बिस दिनहरु बिते यहाँ तड्पिएर ।।
जनको क्षति त कहिल्यै हुन्न पुरा सम्झेर तर्सिइन्छ ।
मुटु काँप्छ,कारुणिक स्वरहरु सुन्दा आँसु बर्सिन्छ।।
न बन्यो कुनै बुटि सहजै न दवाईमुलो गर्ने जसो गरि ।
यसको अन्त्य कहिले होला?कहाँ सम्म हो? कसोगरी ।।
लिन्छौ किन भगवान परिक्षा सबलाई दिएर दुःख अति ।
चट्टै निको पारी सम्पुर्ण जनको लागेको कोभिड-19 जति ।।
फर्काइदेउ सबलाई जहाँ जहाँ रोकिएका अाफ्नै गन्तव्यमा ।
उस्तै होस् हाँसो खुसी जगमा मित्र भाव एक आपसमा ।।