Friday 26th December 2025

नेपालमा कोरोना अपडेटः कुल संक्रमित ४०८५, निको भएका ५८४ र ज्यान गुमाउने १५ जना पुगे


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९६ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको ज्यान गएको छ ।  याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ४०८५ पुगेको छ भने अहिलेसम्म ७२ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ । हाल ३४८६ जना बिभिन्न अस्पतालहरू तथा अाइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार मंगलबार अपरान्ह सम्म कुल ५८४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । यसै गरि भरतपुर – ११ चितवनका १ जना पुरूषको उपचारका क्रममा मृत्यु भइ अहिले सम्म कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १५ पुगेकत्र छ । हालसम्म देशभरका २१ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि १०६३३१ परीक्षण भएको  तथा अारडिटी परिक्षणबाट १६६१५८  जनाको परिक्षण गरिएको छ भने  क्वारेन्टाइनमा १ लाख ६५ हजार ७७५ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ७२ लाख १९ हजार भन्दा बढि संक्रमित भइ ३५ लाख ५४ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख ९ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।५


सम्बन्धित शीर्षकहरु

१७ वर्षको निर्वासन पछि, बंगलादेश राष्ट्रवादी पार्टी (BNP) का नेता र दक्षिण एसियाली राष्ट्रको आगामी प्रधानमन्त्री बन्ने अग्रपंक्तिमा रहेका तारिक…

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

प्रतिकृयाहरू
...