Saturday 21st March 2026

नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७६२ पुग्यो, थप एक जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट पछिल्लो २४ घण्टामा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाले कोरोना जितेर घर फर्केका छन्  र थप १ जनाको ज्यान गएको छ ।  याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ३७६२ पुगेको छ भने अहिलेसम्म ७१ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ । हाल ३२६० जना बिभिन्न अस्पतालहरू तथा अाइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार सोमबार सम्म कुल ४८८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसैगरी वालिङ स्याङ्जा घर भइ पोखराको आइसोलेसन सेन्टरमा भर्ना भएका ५८ वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको हो । हालसम्म देशभरका २१ पटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि १००९७१ परीक्षण भएको  तथा अारडिटी परिक्षणबाट १५६९९१  जनाको परिक्षण गरिएको छ भने  क्वारेन्टाइनमा १ लाख ६६ हजार ६६८ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ७१ लाख १४ हजार भन्दा बढि संक्रमित भइ ३४ लाख ७३ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख ६ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...