Saturday 17th January 2026

नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७६२ पुग्यो, थप एक जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट पछिल्लो २४ घण्टामा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाले कोरोना जितेर घर फर्केका छन्  र थप १ जनाको ज्यान गएको छ ।  याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ३७६२ पुगेको छ भने अहिलेसम्म ७१ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ । हाल ३२६० जना बिभिन्न अस्पतालहरू तथा अाइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार सोमबार सम्म कुल ४८८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसैगरी वालिङ स्याङ्जा घर भइ पोखराको आइसोलेसन सेन्टरमा भर्ना भएका ५८ वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको हो । हालसम्म देशभरका २१ पटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि १००९७१ परीक्षण भएको  तथा अारडिटी परिक्षणबाट १५६९९१  जनाको परिक्षण गरिएको छ भने  क्वारेन्टाइनमा १ लाख ६६ हजार ६६८ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ७१ लाख १४ हजार भन्दा बढि संक्रमित भइ ३४ लाख ७३ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख ६ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...