Tuesday 24th March 2026

कविता:- तिम्रै साथ -राम भण्डारी


“तिम्रै साथ”
-राम भण्डारी

जिउन पाए तिम्रो साथ सयौं जुनी जिइदिन्छु ।
तिम्रो रुप अमृत सरि प्याला बनाई पिईदिन्छु ।।

देखें मैले जहिले तिमीलाई उडिगयो चैन ।
आफ्नै भन्ने खाँए कसम मैले भुलेको छैन ।।

डुब्ने गर्छु यादमा हरदम बस्छु टोलाइ म ।
मुटु छुने तिम्रो हेराइ अनि जादु बोलाइमा ।।

सयौं फूल फूलबारीको तिमी मेरो रोजाईमा ।
तिमी छौ र त म छु जिन्दगीको भोगाईमा ।।

जहिले पनि आउने तिमी मिठो सपनीमा ।
धेरै कुरा भन्नु थियो भोलि भेटूँ बिपनीमा ।।

जब हुन्छु तिम्रो साथ संसार भुलिदिन्छु ।
फूल्न देउ मन भित्र निरन्तर फुलिदिन्छु ।।

ईश्वरीय सृष्टि तिमी प्रकृतिको उपहार हौ ।
उजाड जिन्दगीमा तिमी बसन्त बहार हौ ।।

यो जुनिमा सँगै भई अर्को जुनी पाईने भए ।
तिमीलाइ रोज्छु मत पुनः रोज्न पाउने भए ।।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...