Saturday 31st January 2026

कविता:- तिम्रै साथ -राम भण्डारी


“तिम्रै साथ”
-राम भण्डारी

जिउन पाए तिम्रो साथ सयौं जुनी जिइदिन्छु ।
तिम्रो रुप अमृत सरि प्याला बनाई पिईदिन्छु ।।

देखें मैले जहिले तिमीलाई उडिगयो चैन ।
आफ्नै भन्ने खाँए कसम मैले भुलेको छैन ।।

डुब्ने गर्छु यादमा हरदम बस्छु टोलाइ म ।
मुटु छुने तिम्रो हेराइ अनि जादु बोलाइमा ।।

सयौं फूल फूलबारीको तिमी मेरो रोजाईमा ।
तिमी छौ र त म छु जिन्दगीको भोगाईमा ।।

जहिले पनि आउने तिमी मिठो सपनीमा ।
धेरै कुरा भन्नु थियो भोलि भेटूँ बिपनीमा ।।

जब हुन्छु तिम्रो साथ संसार भुलिदिन्छु ।
फूल्न देउ मन भित्र निरन्तर फुलिदिन्छु ।।

ईश्वरीय सृष्टि तिमी प्रकृतिको उपहार हौ ।
उजाड जिन्दगीमा तिमी बसन्त बहार हौ ।।

यो जुनिमा सँगै भई अर्को जुनी पाईने भए ।
तिमीलाइ रोज्छु मत पुनः रोज्न पाउने भए ।।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...