“हिजो-आज”
-राम भण्डारी
थिए आनन्द मग्न भई आ-आफ्नै धुनमा दौडिएका ।
जिवनयापन गर्न खातिर नदीतलमा पौडिएका ।।
सफा छ,शान्त छ, ढकमक्क फूलहरू भमरा झुम्मिएका ।
सहर खाली खाली छन् सबै गाउँ गाउँमै थुनिएका ।।
सडक सुनसान प्रायः छ रहर बिना मनहरु खुम्चिएका ।
मानव बिनाका सहरहरू मसान जस्तै बत्ती निभाएका ।।
विश्व इतिहाँस मै नदेखिने सबैभन्दा कालो चक्र घुमाएका ।
धर्ती भरि उहि हाल छ सबैले आफन्त लाई गुमाएका ।।
मरे तुल्य पल पल लाग्दछ खबर तिनको सुनिएका ।
कोभिडको दुःखदायी चपेटामा नेपालीहरु पनि उनिएका ।।
बन्दाबन्दी छ पनि मनोमानी हिड्दछन् यहाँ भलाद्मी भनिएका ।
सोच्दछन् दुरी कायम छ सामाजिक,लगाई मुकुट उम्दा चुनिएका ।।
साँझ बिहान लाग्छ लर्को ठुलै मेला आयोजना गरिएका ।
बन्दाबन्दी के हो? कि यहि हो,भिडले सबै चोक भरिएका? ।।
कस्ले बुझ्ने-बुझाउने सहि सूचना समाजमा छरिएका ।
अब अटेर गर्यौं भने अाउँछ दिन अरु दु:खले भरिएका ।।
याद गरौ त कस्तो होला आफ्ना बाट अाफ्नै टाढिएका ।
त्यसैले सोचौं बेलैमा,प्रण गरौं,झिकौं ईर्ष्या,द्वेष मन मा गाढिएका ।।