Friday 26th December 2025

नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुग्यो, आज पनि थप एकको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा बिहीबार अपरान्ह सम्म कुल २६३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा थप  ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाले कोरोना जितेर घर फर्केका छन् साथै १ जनाको मृत्यु भएको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाको अनुसार बिहीबार सम्म कुल २९० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि पाल्पा घर भइ मिसन अस्पताल पाल्पामा उपचाररत ४५ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु  मृत्यु भएको छ ।कोरोना संक्रमणबाट हालसम्म सिन्धुपाल्चोकका एक, बाँकेका एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखाका एक र पाल्पाका एक गरी १० जनाको मृत्यु भएको छ ।

प्रवक्ता डा. देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ८४ हजार १ सय ३४  र आरडीटी विधिबाट १ लाख २५ हजार ५ सय ६४ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ८ सय ६७ र आरडीटी विधिबाट ५ हजार १ सय ८५ जनाको नमुना परीक्षण गरिएको छ । अहिलेसम्म ६५ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ६५ लाख ९६ हजार भन्दा बढि संक्रमित भइ ३१ लाख ८७ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ८८ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...