Friday 20th March 2026

नेपालमा कोरोना अपडेटः कुल संक्रमित २३००, निको भएका २७८, थप १ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा बुधबार अपरान्ह सम्म कुल २३०० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाले कोरोना जितेर घर फर्केका छन् भने १ जनाको मृत्यु भएको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाको अनुसार बुधबार सम्म कुल २७८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरिदोलखा घर भइ काठमाण्डाेंमा उपचाररत ७६ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु  मृत्यु भएको छ ।कोरोना संक्रमणबाट हालसम्म सिन्धुपाल्चोकका एक, बाँकेका एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ९ जनाको मृत्यु भएको छ ।

प्रवक्ता डा. देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ८० हजार २ सय ४३ र आरडीटी विधिबाट १लाख २० हजार ३७९ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय २४ र आरडीटी विधिबाट ४ हजार ३४ जनाको नमुना परीक्षण गरिएको छ । अहिलेसम्म ६४ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ६४ लाख ७५ हजार भन्दा बढि संक्रमित भइ ३० लाख ८३ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ८२ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...