Saturday 21st February 2026

नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा मंगलबार अपरान्ह सम्म कुल २०९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा २ हजार माथि संक्रमित पुगेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। त्यसै गरि अहिले सम्म २६६ जना कोरोना संक्रमणलाइ जितेर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाको अनुसार मंगलबार सम्म नेपालका ६१ जिल्लामा कोभिड-19 फैलिसकेको छ भने पछिल्लो २४ घण्टामा जम्मा ४५ जना मात्रै कोभिड-19 बाट निको भएर घर फर्केका छन् ।

प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ७५ हजार ३ सय ४३ र आरडीटी विधिबाट १लाख १६ हजार ३४५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ४० र आरडीटी विधिबाट २ हजार ५ सय ८८ जनाको नमुना परीक्षण गरिएको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ६३ लाख ९४ हजार भन्दा बढि संक्रमित भइ २९ लाख २६ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ७७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालको समकालीन राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको केन्द्र सुर्खेतबाट आफ्नो वाचापत्र सार्वजनिक गरेको…

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

प्रतिकृयाहरू
...