Friday 20th March 2026

बाँकेमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, २१ जना घाइते


तितोपाटी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित ठुरिया जङ्गलमा आइतवार मध्यरातपछि भएको एउटा दुर्घटनामा १२ जनाको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ हुँदै सल्यान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको बस रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।

बँके स्थित प्रहरीका अनुसार ३३ जना सबार उक्त दुर्घटनामा घटनास्थलमा ११ जनाको  र एक जनाको उपचारका क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो। मृतकहरुमध्ये गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको र अन्यको सनाखत गर्ने क्रम जारी रहेको बाँके प्रहरीले जनाएको छ । मृतकहरूमा ११ जना पुरूष र एक जना महिला रहेकी छन् ।

बाँकी घाइतेहरूको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचार भइरहेको छ र केहीको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यसै बिच प्रहरीले दुर्घटनाका घाइतेहरूको नामावली सार्वजनिक गरेको छ । घाइतेहरू दाङ, सल्यान र रोल्पाका रहेका छन् ।

दुर्घटनाका घाइतेहरूको नामावलीः

  • दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी
  • दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
  • दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती
  • दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी
  • दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी
  • दाङ जिल्लाका २० वर्षीय भरत थापा
  • रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार
  • ऐ. का २० वर्षीय वीरेन्द्र परियार
  • ऐ. का १८ वर्षीय पुरन परियार
  • रोल्पा जिल्ला कुरैति गा.पा. २ का ५२ वर्षीय नर बहादुर विक
  • रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब. बिक
  • सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० वर्षीय मिनराज बिक
  • सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी
  • सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती
  • सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा
  • सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा
  • सल्यान जिल्ला शारदा गा.पा. ६ का टीका चलाउने
  • सल्यान जिल्लाका शिव भण्डारी
  • सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का २६ वर्षीय निम बहादुर बादी
  • ऐ. का १८ वर्षीय देवेन्द्र बुढाथोकी
  • ऐ. का १७ वर्षीय ज्ञान बहादुर बोहरा ।

 

 

 

 


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...