Friday 26th December 2025

नेपालमा कोरोना संक्रमित १५६७ जना पुगे, मर्नेको संख्या ८ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा अाइतबार अपरान्ह सम्म जम्मा १ हजार ५ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ भने २२० जनाले कोरोनालाइ जितेर घर फर्केका छन् । यसै गरि कोरोनाको संक्रमणबाट अहिले सम्म ८ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १६६ जनामा संक्रमण पुष्टि भइ संक्रमितको कुल संख्या संख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाको अनुसार अनुसार शनिबार दैलेखका एक ३५ वर्षीय पुरूष र अाइतबार बाजुराकी एक २ वर्षीया बालिकाको मृत्यु हुन गइ ज्यान गुमाउनेको संख्या ८ पुगेको छ भने पछिल्लो २४ घण्टामा जम्मा १ जना मात्रै कोभिड-19 बाट निको भएर घर फर्केका छन् । यसरी कोरोना जितेर घर फर्कनेको कुल संख्या २२० पुगेको छ जस्मा पुरूष १७२ जना र महिला ४८ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६९ हजार ५ सय ८२ र आरडीटी विधिबाट १लाख ११ हजार १०९ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८ सय ५३र आरडीटी विधिबाट ४हजार पाँच सय ५४ जनाको नमुना परीक्षण गरिएको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ६० लाख ६३ हजार भन्दा बढि संक्रमित भइ २६ लाख ८५ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ६७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...