Saturday 14th February 2026

नेपालमा कोरोना संक्रमित १५६७ जना पुगे, मर्नेको संख्या ८ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा अाइतबार अपरान्ह सम्म जम्मा १ हजार ५ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ भने २२० जनाले कोरोनालाइ जितेर घर फर्केका छन् । यसै गरि कोरोनाको संक्रमणबाट अहिले सम्म ८ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १६६ जनामा संक्रमण पुष्टि भइ संक्रमितको कुल संख्या संख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाको अनुसार अनुसार शनिबार दैलेखका एक ३५ वर्षीय पुरूष र अाइतबार बाजुराकी एक २ वर्षीया बालिकाको मृत्यु हुन गइ ज्यान गुमाउनेको संख्या ८ पुगेको छ भने पछिल्लो २४ घण्टामा जम्मा १ जना मात्रै कोभिड-19 बाट निको भएर घर फर्केका छन् । यसरी कोरोना जितेर घर फर्कनेको कुल संख्या २२० पुगेको छ जस्मा पुरूष १७२ जना र महिला ४८ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६९ हजार ५ सय ८२ र आरडीटी विधिबाट १लाख ११ हजार १०९ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८ सय ५३र आरडीटी विधिबाट ४हजार पाँच सय ५४ जनाको नमुना परीक्षण गरिएको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ६० लाख ६३ हजार भन्दा बढि संक्रमित भइ २६ लाख ८५ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ६७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र बंगलादेशबीच नयाँ व्यापार सम्झौता भएको केही घण्टामै मंगलबार भारतका प्रमुख कपडा कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको छ।…

इस्फहान इरानको सबैभन्दा संवेदनशील आणविक स्थलहरूमध्ये एक हो। यहाँ युरेनियम रूपान्तरण, अनुसन्धान तथा भूमिगत संरचनाहरू रहेका छन्। विगत केही वर्षदेखि…

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

प्रतिकृयाहरू
...