Tuesday 24th March 2026

गजल -तारा अर्याल


गजल
-तारा अर्याल
मेरा आमाबाबुको काख रित्तो पार्यौ जात मिलेन भनी ।
मलाई संगै मेरा सपनाहरु मार्यौ जात मिलेन भनी ।।

हाँसेका थिए सबैका ओठ मैले बुहारी ल्याउने आसमा
ति हाँसोलाइ खोसेर आँसु झार्यौ जात मिलेन भनी।।

रगत मिल्थ्यो मन मिल्थ्यो चाहना थियो संगै जिउने
प्रेमको नाममा ज्यान लिएर टार्याै जात मिलेन भनी ।।

मानव नाम गरेको राक्षसले के बुझ्ला मायाको अर्थ
समाजै उल्टेर मृत्युको बारले बार्यौ जात मिलेन भनी ।।

आएको थिएँ धर्तिमा सुन्दर घर बसाउने सोच बोकी
प्राण खोसी संसारबाटै मलाइ तार्याै जात मिलेन भनी ।।

हाल – बिरानो मुलुक


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...