Saturday 31st January 2026

गजल -तारा अर्याल


गजल
-तारा अर्याल
मेरा आमाबाबुको काख रित्तो पार्यौ जात मिलेन भनी ।
मलाई संगै मेरा सपनाहरु मार्यौ जात मिलेन भनी ।।

हाँसेका थिए सबैका ओठ मैले बुहारी ल्याउने आसमा
ति हाँसोलाइ खोसेर आँसु झार्यौ जात मिलेन भनी।।

रगत मिल्थ्यो मन मिल्थ्यो चाहना थियो संगै जिउने
प्रेमको नाममा ज्यान लिएर टार्याै जात मिलेन भनी ।।

मानव नाम गरेको राक्षसले के बुझ्ला मायाको अर्थ
समाजै उल्टेर मृत्युको बारले बार्यौ जात मिलेन भनी ।।

आएको थिएँ धर्तिमा सुन्दर घर बसाउने सोच बोकी
प्राण खोसी संसारबाटै मलाइ तार्याै जात मिलेन भनी ।।

हाल – बिरानो मुलुक


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...