Saturday 3rd October 2026

बिश्वकर्मा एकता समाज नेपाल – कुवेतद्वारा रुकुम / जाजरकोट घटनाको बिरोध


तितोपाटी – पश्चिम रुकुम चौरजहारी नगरपालिका सोति घटनाको बिरोध जनाउँदै बिश्वकर्मा एकता समाज नेपाल – कुवेतले प्रेस विज्ञप्ति जारी गरेको छ ।

२१ औं शताब्दीको बैज्ञानिक युगमा पनि नेपाली समाज अझै पनि लैङ्गिक, धार्मिक, साँस्कृतिक, सामाजिक तथा विभिन्न जात-जाति भित्रका कुसंस्कार, अन्धविश्वास, बिकृती विसंगतियुक्त कार्यहरुको लडाइ, समर्थन र प्रचारमा ग्रसित भएको छ । नेपालको संविधान मै जातको आधारमा भेदभाव गर्नु दण्डनिय भनिए पनि कानुन कार्यान्वयन फितलो हुँदा अहिले पनि समाजमा जातीय भेदभाव बिद्यमान नै छ । अहिलेको २१ औं शताब्दीमा आउँदा पनि शिक्षित मानिसहरुबाट नै जातीय विभेद हुनु दुर्भाग्यपूर्ण भएको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

पश्चिम रुकुम चौरजहारी नगरपालिका सोतिमा भएको दु:खद घटनामा जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँ निवासी नबराज बि.क र पश्चिम रुकुम जिल्ला चौरजहारी नगरपालिका वडा नम्बर ८ सोति निवासी सुस्मा मल्ल बिच बिगत ३ बर्ष देखि चल्दै आएको प्रेम सम्बन्धलाई बिबाहमा परिणत गरि बेहुली लिएर आउने भनी प्रेमी नबराजले अन्य साथीहरूलाई पनि लिएर गएको र उक्त बिबाह दलित युवा संग हुन नहुने भन्दै शुस्मा मल्लको परिवार र वडा अध्यक्ष डम्बर बहादुर मल्ल सहित सिङ्गो गाउँले नै साङ्घातिक हमला गर्दा नबराज बि.क. , टिकाराम बि.क., गणेश बुढा मगर, लोकेन्द्र सुनार, गोबिन्द  शाही र सन्जु बि.क.को ज्यान लिएको नरसंहारको बिश्वकर्मा एकता समाज नेपाल – कुवेतले प्रेस विज्ञप्ति मार्फत घोर भ्रत्सना गरेको छ ।

समाजले उक्त घटनामा मृत्युवरण गरेकाहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ। पीडित पक्षबाट दिइएको कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी अनुसार सत्य-तथ्य छानबिन गरि दोषी उपर कुनै सामाजिक, राजनीति, जातिगत, आस्थागत पुर्वाग्रह तथा हस्तक्षेप नगरी प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कारबाहीको जोडदार माग गर्दै नेपाल सरकार, जिल्ला प्रशासन कार्यलय रुकुम / जाजरकोट लगायत सम्बन्धित सरोकारवाला निकाय सबैमा हार्दिक अनुरोध  गरेको छ ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...