Friday 20th March 2026

कोरोना अपडेटः नेपालमा बुधबार मात्रै ११४ थपिए, कुल संक्रमित ८८६


तितोपाटी – नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । बुधबार मात्रै थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्म कै दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो। यतिखेर देशभर नै निरन्तर कोरोना संक्रमित बढ्ने क्रम तीव्र बनेको छ ।

त्यसै गरि बुधबार २८ जना कोरोना मुक्त भएपछि नेपालमा कोरोना मुक्त हुनेको संख्या पनि १८३ पुगेको छ कोरोना संक्रमणको कारण हालसम्म ४ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा सबैभन्दा बढी संक्रमित बाँकेमा जिल्लामा देखिएका छन्। हालसम्म सबैभन्दा कम उमेरका २ महिनाको शिशुमा र बढीमा ८१ वर्षिया बृद्धामा कोरोना पुष्टि भएको छ । दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा अहिले त्रासको अबस्था सृजना भएको छ साथै लकडाउनमा पनि थप कडाइ गरिएको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ५७ लाख ९ हजार भन्दा बढि संक्रमित भइ २४ लाख ५१ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ५२ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...