Tuesday 21st April 2026

##गजल##


##गजल##

मन भरी पीर चिन्ता आँखामा टिल्पिल पानी थियो।
एउटा हातमा झ‍ोला अर्को हातमा राहदानी थियो।

कसलाई रहर हुन्छ र आफ्नो मातृभूमि छोडेर जाने
मेरो आफ्नै बाध्यता अनि गरीबीको काहानी थियोे।

मैले आफ्नो जिन्दगीलाई कहिलै पनि ख्याल गरीन
मेरो पनि त खाउँ,खाउँ लाउँ,लाउँ भन्ने जवानी थियो।

खै के बताउ तिमीलाई ति अतितका कथा ब्यथाहरु
भो सम्झिन्न चाहन्न कहाली लाग्दो जिन्दगानी थियो।

गर्न पनि धनको घमण्ड कति सम्म गर्छन मान्छेहरु
आखिर मरेर जाँदा केही थिएन मात्र खरानी थियो।

सृजना पान्डे (सिरु)
चितवन
हाल – नेपाल बाहिर


सम्बन्धित शीर्षकहरु

काठमाडौं — भारतबाट खरिद गरी नेपाल ल्याइने सामानमा भन्सार शुल्क तिर्नुपर्ने विषयमा देखिएको अन्योलबारे सरकारले स्पष्ट पारेको छ। १०० रुपैयाँभन्दा…

शुक्रबार अब्बास अराघची ले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत ठूलो घोषणा गरे। उनले युद्धविरामको बाँकी समयसम्म होर्मुजको जलडमरूमध्य पूर्ण रूपमा खोलिएको बताएका…

तितोपाटी- गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको छ…

प्रतिकृयाहरू
...