Saturday 19th July 2025

बिगतलाई सम्झीदा-परिवर्तन नभएको जिवन


रोजिना ढुङ्गाना- गोठालो जाँदा को दिन सम्झेर ल्याउदा आज पनि दुख लागेर आउछ ।सबै साथिहरु एकै ठाउँ मा बसेर गट्टि खेल्ने , कबडि खेल्ने अनि कैले काहि त डोरि नाघि पनि खेल्थे।म भने रमिता मात्रै बन्थेँ म पनि त खेल्न सक्थेँ अनि रहर पनि नलागेको काँहा होर! तर पनि मेरा साथि कोहि थिएनन्।निम्न परिवार कि म रुप र रंग पनि अरुको जस्तो राम्रो थिएन मेरो बण कालो भएकि म दाँत पनि मिलेका थिएनन्।

२ जोडि देखि धेरै लुगाफाटो पनि थिएन म सङ, नुहाउन लाइ सेम्फु र लुगा धुने साबुन त देखेको पनि थिएन मैले’ सफा पनि कसरि हुंन सक्थे र म? दिन भरि बाख्रा र अधिया पालेका गाइ बाछि लाइ अघाएर घर पर्किनु मेरो दिनचार्य थियो । बिहान को आटो ले छोडेपछि भोकले दिन भरि भुडि कोक्याएको जस्तो हुन्थ्यो त्यो बेला बनमा हररो र बररो फुटाएर पेट भर्ने गर्थेँ। साझ्ँ पख गाँउले केटाकेटि स्कुल सकेर कोहि बनमा फर्कदा आफु एक्लओ नभएको जस्तो हुन्थो उनिहरु सङ नजिकिन चाँहादा पनि आफुलाइ नजिक आउन अथवा साथि बनाउन कोहि मान्दैन थिए। सुक्रबार र सनि बार भने अलिक बढि नै रमाइलो हुन्थ्यो मलाइ किन भने गाँउका अरु केटाकेटि हरु धेरै नै खेल्न या बस्तु हेर्न आउथे मलाइ सहभागि त बनाउदैन थे खेल मा तर पनि उनि हरुको आवाज र गफ स्कुल का कुरा गरेको सुन्दा म मखखै पर्थे अनि आफु भित्रै परि कल्पना मा डुबि हाल्थे स्कुल गएको राम्रा र सुकिला स्कुल का जोडा लगाएको। 13 बर्स पुरा भैसकेकि म अरु पनि धेरै कल्पना हरु गर्थे अनि कैले काहि एक्कासि भक्कानिने गर्थे धिकार्थे आफ्नै जिन्दगि लाइ अनि आफ्नो रुप र गरिबि पन लाइ पैसा बिना पाइलो सम्म सार्न नमिल्ने यो समाज मा हाम्रो स्थान के थियो र म लगाएन मेरा परिवार लाइ यो समाज का मान्छे हरुले काम गर्ने यन्त्र सम्झन्थें खायो खाएन , घर मा केहि छ छैन कसैले सोध्दैन ।जाडो अनि गर्मि सबै मौसम मा काम लगाउन धनि भनाउदा हरु बोलाउन आँउने गर्थे।
कसैको गोबर बोकिदिनु पर्ने कसैको के नजिक सम्म आउन घिनाउने उनिहरु हामि भने तातो भात को आसामा पनि दिन भरि खटिनु पर्थ्यो । गरिबि कै कारण होला सायद झुत्रा कपडा र फोहोरि अनुहार ले हाम्रो घर वरि परि को वातावरण पनि धमिलो जस्तो लाग्थ्यो।ति गर्मि का रात मा लाम्खुट्टे को टोकाइ र जाडोमा कठ्याङ्ग्रिनु परेको मा जिन्दगि जिउनु देखि नै आतेस लागेर आउथ्यो। बदलिदो समाज र बिकशित देश भनेर जति नै नारा हरु सुने पनि हाम्रो चुलो मा आज सम्म पनि त्यही काले कुचिएको भाडोमै खोले पाक्छ त्यो पनि आमा र बाबाले अरु को घरमा दश नङ्ग्रा खियाएर ल्याए मात्रै कैयौँ पटक आमा बिमारि भएर लड्दा तातो पानी पियाउने पनि फुर्सद पाइन्न थ्यो ।आज २१औ सताब्दिले पालुवा फेरि सक्दा पनि हाम्रो परिवार ले एउटा फरिया र धोति फेर्न नै सकियो न त मेरा बाबा ले नयाँ दौरा सुरुवालनै अरुले जस्तै गाडि चढेर धेरै ठाउँ हरु जाने त कुरै छाडौँ 20 सौ रुपिँया खर्च गरेर अस्पताल मा आमाको उपचार सम्म गरेका छैनौँ
आखिर हामि कैले सम्म एस्तो जिन्दगि जिउँने त? हाम्रो समाज मा म जस्ता हजारौँ आज पनि एहि हाल मा बाचिरहेका छ्न्। हाम्रो लागि सहयोगि हात हरु पनि कोहि आएनन हजारौँ मिडिया माइक लिएर गाँउ गाँउ पुग्दा हामि सम्म कोहि आएन।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस गरिएको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाको राजधानी दमास्कसमा इजरायलले हालै गरेको आक्रमणको बारेमा वासिङ्टन "धेरै चिन्तित" रहेको बताएका छन्, किनकि युद्धविराम…

प्रतिकृयाहरू
...